शुक्रबार, २९ फाल्गुन, २०८२

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २८ पुष, २०८२

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

२०८२ पुष २८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् ।

सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद् सचिवालय, सिंहदरवारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको शीतल निवासले जनाएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८२/०९/२८ को सिफारिसमा संवत् २०८२ साल माघ ४ गते आइतबारका दिन ११:०० बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।"

advertisement_1676551646.gif