शनिबार, ३० फाल्गुन, २०८२

रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा जाने

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १० पुष, २०८२

रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा जाने

२०८२ पुष १०, काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखक भाद्र २३ र २४ गतेको घटनाका सम्बन्धमा बयान दिन जाँचबुझ आयोगमा जाने भएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू बयानका लागि सोमबार जाँचबुझ आयोगमा जाने बताएका हुन् ।

‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु,’ लेखकले भने ।

‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । मैले पुस १४ गते सोमबार आयोगमा जाने निर्णय गरेको छु,’ उनले भने ।

advertisement_1676553908.gif