शनिबार, ३० फाल्गुन, २०८२

रमेश लेखक जाँचबुझ आयोगमा आज बयान दिन जादै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ पुष, २०८२

रमेश लेखक जाँचबुझ आयोगमा आज बयान दिन जादै

२०८२ पुष १४, काठमाडौँ । पुर्व गृहमन्त्री रमेश लेखकले आफु भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा आज बयान दिन जादैछन् ।

भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह १२ बजे जान लागेका हुन् ।

पूर्वगृहमन्त्री लेखकले आज नै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत पनि आफ्नो धारणा सार्वजनिक गर्ने छन् ।

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

advertisement_1772818633.jpg