शनिबार, ३० फाल्गुन, २०८२

रमेश लेखकको स्थान हद फुकुवा

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १७ पुष, २०८२

रमेश लेखकको स्थान हद फुकुवा

२०८२ पुष १७, काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ ।

बिहीबार आयोगको सचिवालयले गृह मन्त्रालयमार्फत लेखकलाई स्थान हद फुकुवा गरेको जानकारी गराएको हो ।

लेखकलाई असोज १२ गते बसेको आयोगको बैठकले विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।

आयोगले सोमबारदेखि लेखकको बयान लिएकोमा बयान सकिएपछि स्थान हद फुकुवा गरेको हो ।

advertisement_1676551646.gif