बिहीबार, २८ फाल्गुन, २०८२

रवि लामिछानेको भेरिफाइड फेसबुक पेज मौन अवधि सुरु भएसँगै गायब

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १९ फाल्गुन, २०८२

रवि लामिछानेको भेरिफाइड फेसबुक पेज मौन अवधि सुरु भएसँगै गायब

२०८२ फागुन १९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आधिकारिक भेरिफाइड फेसबुक पेज एकाएक ‘गायब’ भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै उनको प्रमाणित फेसबुक पेज सर्च गर्दा नदेखिने भएको हो ।

लामिछानेको सचिवालयले अपिल जारी गर्दै पेज बन्द भएको र यसमा कुनै पनि अनधिकृत पोष्टहरु नआउने र आए आधिकारिक नहुने जनाएको छ । अपिलमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा आज बिहानैदेखि बाह्य व्यक्तिहरूले अनाधिकृत पहुँच बनाएर ह्याक गर्न पटकपटक प्रयास गरेको जानकारी गराउँदछौँ ।’

यस्तो प्रयासपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै फेसबुक पेज मेटाद्वारा ‘लक’ गरिएको सचिवालयले जनाएको छ । पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट नहुने बताइएको छ ।

सचिवालयले पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्कहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न पनि आग्रह गरेको छ । सचिवालयले फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेज पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।

advertisement_1772818633.jpg