शुक्रबार, २९ फाल्गुन, २०८२

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ माघ, २०८२

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

२०८२ माघ ६, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेका छन् ।

सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए ।

लामिछाने बीरगञ्जको काम सकेर चितवन फर्किने तयारी गरेको तर समय अभाव भएकोले वारेसबाट नै दर्ता गरिएको उनले बताए । लामिछानेले तेस्रोपटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् ।

advertisement_1676553908.gif