राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ७ पुष, २०८२
२०८२ पुष ०७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भेटवार्ता भएको छ । सोमबार कमलपोखरी स्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरूबिच भेटवार्ता भएको बताइएको छ ।
छलफलमा रास्वपाबाट लामिछानेसहित उपसभापति डिपी अर्याल छन् भने बालेन समूहबाट उनीसहित वार्ता समितिका संयोजक कुमार बेन सहभागी छन् ।
चुनावी तालमेल सहित सहकार्यको विषयमा छलफल बताइएको छ ।