शुक्रबार, २९ फाल्गुन, २०८२

रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १ माघ, २०८२

रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

२०८२ पुष ३०, काठमाडौँ । सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिएको छ ।

महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार सम्बन्धित सरकारी वकिलमार्फत मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाइएको हो । यद्यपि, लामिछानेविरुद्ध दायर सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने जनाइएको छ ।

सहकारी ठगी प्रकरणसँगै जोडेर लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको दाबी गर्दै लामिछानेको तर्फबाट यसअघि नै मुद्दा फिर्ताका लागि निवेदन दिइएको थियो । महान्यायाधिवक्ताकाे याे निर्णयपछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता हुनेछ । रुपन्देही, काठमाडौं र पर्सामा चलिरहेको संगठित अपराधको मुद्दा पनि फिर्ता हुनेछ ।

। संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग फिर्ता लिइएको खण्डमा लामिछानेले आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन जितेर संसद् छिर्ने बाटो खुल्ने छ । संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन रहेको अवस्थामा भने उनले चुनाव जिते पनि संसद् छिर्न पाउने छैनन् ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन रहेको अवस्थामा चुनाव जिते पनि उनको पद स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था रहेको छ ।

advertisement_1676551694.gif