शुक्रबार, २९ फाल्गुन, २०८२

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक, आउने शुक्रबार बस्ने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ माघ, २०८२

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक, आउने शुक्रबार बस्ने

२०८२ माघ ४, काठमाडौँ । करिब ४ महिनापछि आज सिंहदरबारमा राष्ट्रियसभाको बैठक बसेको छ । आज राष्ट्रपतिबाट प्राप्त पत्र पढेर र राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिएको छ । अर्को बैठक आउने शुक्रबार बस्नेछ ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको आगजनी तथा सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनको काम अझै सम्पन्न हुन नसक्दा सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभाको हिउँदे अधिवेशनका लागि वैकल्पिक सभा हल निर्माण गरिएको थियो ।

advertisement_1676998982.gif