राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २५ फाल्गुन, २०८२
२०८२ फागुन २४, काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार उनले १० हजार ८ सय ३२ मत ल्याउँदै अग्रस्थानमा रहेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले पछ्याइरहेका छन् । शेर्पाले ९ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् ।
साथै नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठको ८ हजार १ सय ७२ मत र श्रम संस्कृति पार्टीका उमा कुमारी राईको ६ हजार ५ सय ८७ मत रहेकाे छ ।