शुक्रबार, २९ फाल्गुन, २०८२

सामाजिक संजाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २७ माघ, २०८२

सामाजिक संजाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

२०८२ माघ २६, काठमाडौं । सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता भएको छ। सरकारको राष्ट्रिय सभामा विचाराधीन यो विधेयक फिर्ता गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयलाई सोमबार राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको हो ।

आजको बैठकमा सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कुनै मत नपरेपछि विधेयक फिर्ता भएको घोषणा गरेका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माघ २० गते विधेयक फिर्ता माग्ने निर्णय गरेको थियो । त्यसपछि विधेयक फिर्ताका लागि माघ २१ गते पत्राचार गरेको थियो । त्यसअघि मन्त्रिपरिषद्ले विधेयक फिर्ता लिनका लागि मन्त्रालयलाई स्वीकृति दिएको थियो ।

गत वर्ष राष्ट्रिय सभामा दर्ता भएको विधेयक विवादमा परेपछि सरकारले अगाडि बढाएको थिएन । गत भदौमा सरकारले विधेयकलाई अगाडि बढाउने प्रयास गर्दै सामाजिक सञ्जालमा प्रतिधबन्ध लगाएपछि जेनजी आन्दोलन भएको थियो । जेनजी आन्दोलनसँगै सरकार ढलेपछि विधेयक अघि बढ्न सकेको थिए ।

advertisement_1680627706.gif