सोमबार, ११ कार्तिक, २०८२

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गर्यो।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १० श्रावण, २०८०

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गर्यो।

काठमाडौँ। आजको  संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक सय केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै अवरोध गरेको छ । एमालेका सांसदहरुले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरुको संलग्नता रहेको आरोप लगाउँदै छानबिन समिति गठन गर्न माग गरेका छन् । तर, सभामुखले शून्य समयमा कारबाही अघि बढाउने प्रयास गर्दा एमालेका सांसदले  घेरा हालेर नाराबाजी गर्न थाले ।

एमालेका सांसदले विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले साउन 15 गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्ने घोषणा गरेका थिए  ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सुनको अवैध आयातमा मौन दर्शक बनेर बसेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि  प्रश्न उठाएका थिए । गिरीले सुन काण्डको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्नेमा जोड दिए ।

सय केजी सुन प्रकरणले संसदमा  नियमित कारबाही ठप्प भएको छ । उच्चस्तरीय छानबिन समिति गठनको मागले सुन काण्ड र गैरकानूनी गतिविधिमा संलग्न व्यक्तिको सत्यतथ्य बाहिर ल्याउन एमालेको गहिरो अनुसन्धान गर्न माग गरेको हो  । 

advertisement_1676551646.gif