बिहीबार, २८ फाल्गुन, २०८२

सुनसरी- १ मा हर्क साम्पाङ विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २४ फाल्गुन, २०८२

सुनसरी- १ मा हर्क साम्पाङ विजयी

२०८२ फागुन २४, काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन् । साम्पाङ भारी मतान्तरले विजय भएका हुन्। साम्पाङले ३५ हजार ७४१ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी रास्वपाकी गोमा तामाङ (सरिन) ले भने २७ हजार २४९ मत ल्याईन् । उनीहरुबीच ८ हजार ४९२ को मतान्तर छ ।

सुनसरी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार टिका मांगलेनले  ६ हजार ३३१ मत पाएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन् ।

advertisement_1680627706.gif