राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २४ फाल्गुन, २०८२
२०८२ फागुन २४, विराटनगर । सुनसरीको क्षेत्र नम्बर २ बाट रास्वपाका लालविक्रम थापा विजयी बनेका छन् । उनले कांग्रेसका राजीव कोइरालालाई फराकिलो मतले पराजित गरेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार थापाले ५७ हजार ३४८ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका काँग्रेसका कोइरालाले १६ हजार ७१ र एमालेका सुजन लामाले ८ हजार ३०३ मत ल्याएका छन् ।
सो क्षेत्रबाट हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उम्मेदवारर चेतन राईले ७ हजार ४८४ मत ल्याए ।