सोमबार, ११ कार्तिक, २०८२

संसद बैठक बस्दै नबसी स्थगित

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १५ श्रावण, २०८०

संसद बैठक बस्दै नबसी स्थगित

काठमाडौं । आज बस्‍न भनिएको संसद बैठक बस्दै नबसी स्थगित भएको छ ।  प्रमुख दलहरुबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि सोमबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

नेकपा एमालेले क्वीन्टल सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।
यसअघि सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा एमालेले उच्चस्तरीय समिति गठन नभएसम्म अवरोध जारी राख्ने अडान राखेको थियो । एमालेले साउन १० गते पनि उच्चस्तरीय समितिको माग गर्दै प्रतिनिधिसभा अवरोध गरेको थियो ।

advertisement_1680627680.gif