बिहीबार, २८ फाल्गुन, २०८२

स्वच्छ र निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउँछ : प्रचण्ड

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १३ फाल्गुन, २०८२

स्वच्छ र निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउँछ : प्रचण्ड

२०८२ फागुन १३, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउने बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाडामा बामबुद्धिजीविहरूसँग छलफल गर्दै प्रचण्डले अहिलेको स्थिति हेर्दास्वच्छ निष्पक्ष चुनाव भए केहि स्थानमा बाहेक अधिकांश स्थानमा नेकपाको नजिता राम्रो आउने बताएका हुन् । उनले अहिले चूनावका लागि नेकपाको जस्तो सक्रियता अरु कसैको नदेखिएको जिकिर गरे ।

मुलुकको परिवर्तनको बाहक आफूहरू नै भएकाले हिजोका सहयात्रीहरुसंग मिलेर वैदेशिक दलालहरूका विरुद्ध लाग्नुपर्ने जिम्मेवारी पनि नेकपाकै रहेको उनले बताए ।

प्रचण्डले निर्वाचनका क्रममा कसैलाई गाली गलौज गर्नुभन्दा राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र संकटबाट देशलाई बचाउने कुरा गरिरहेको धारणा राखे ।

उनले निर्वाचनका लागि स्वच्छ वातावरण बनाउनका लागि बुद्धिजीवीहरूको भूमिका समेत निकै महत्वपूर्ण रहेको बताए ।

advertisement_1680627706.gif