शनिबार, ३० फाल्गुन, २०८२

सचिन ढकालले पनि रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिए

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १९ पुष, २०८२

सचिन ढकालले पनि रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिए

२०८२ पुष १९, काठमाडौं । व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकालले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेको उनले व्यक्तिगत कारणले नाम फिर्ता लिएको बताएका छन् ।

रास्वपाले उनलाई समानुपातिक सूचीमा राखेपछि चौतर्फी विरोध भएको थियो । व्यवसायिक घरानाका उनले पार्टीलाई आर्थिक सहयोग गरेकाले समानुपातिकमा राखिएको भन्दै अपुष्ट आरोप समेत लगाइएको थियो ।

‘नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु,’ ढकालले फेसबुकमा लेखेका छन् ।

advertisement_1676551694.gif