शुक्रबार, २९ फाल्गुन, २०८२

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ माघ, २०८२

सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा

२०८२ माघ ५, काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले आज प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएका हुन् ।

उनी फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारीसाथ उनी सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए । 

खरेलले रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैछन् । उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ ।

कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन् ।

advertisement_1680627680.gif