राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ७ माघ, २०८२
२०८२ माघ ६, काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघिको निर्वाचनमा उनी सप्तरी २ बाट उम्मेदवार बनेका थिए ।
गएको निर्वाचनमा उनी जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए ।