राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १८ पुष, २०८२
२०८२ पुष १८, काठमाडौं । सरकारले अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेको छ । शुक्रबार सरकारले उनीहरूसँग ६ बुँदे सम्झौता गरेको हो । सहमति पत्रमा डा. भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालद्वारा हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि भुसाल र विष्टले ११ औँ दिनमा अनसन तोडेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएकी थिइन् ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन रोकेर प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर भुसाल र विष्ट माइतीघरमा आमरण अनशन बसेका थिए । अनसन तोडिएसँगै आन्दोलन स्थगित गरिएको छ ।