शनिबार, ३० फाल्गुन, २०८२

सरकारी टोलीले गर्यो जनमत पार्टी कार्यालयको अनुगमन

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ पुष, २०८२

सरकारी टोलीले गर्यो जनमत पार्टी कार्यालयको अनुगमन

२०८२ पुष ०९, काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले जनमत पार्टी कार्यालयको अनुगमन गरेको छ । बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले मध्यबानेश्वरस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।

अनुगमनका क्रममा जनमत अध्यक्ष सीके राउतलगायतका नेताहरूसँग छलफल समेत गरेका छन् । अनुगमन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारमन्त्री जगदीश खरेलले जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा रहेको बताए ।

उनले भने, ‘चुनावको वातावरण तयार गर्नको लागि सरकारको तर्फबाट हामी महत्वपूर्ण मुख्य राजनीतिक दलहरुको पार्टी कार्यालयमै आएर छलफल र कुराकानी गरेका छौं । जनमत पार्टी चुनावको लागि तयारी अवस्थामा रहेको भनेर अध्यक्षज्यूले जानकारी गराउनु भएको छ ।

advertisement_1676551646.gif