राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२
२०८२ फागुन २३, काठमाडौँ । तनहुँ-१ मा रास्वपाका नेता स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । वाग्लेले ३८ हजार ४० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत प्राप्त गरे । यस आधारमा वाग्ले र भट्टराईबीचको मतान्तर २१ हजार ८०९ पुगेको छ ।
यसै निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपाने ले ५ हजार ८३० मत प्राप्त गरेकी छन् ।
औपचारिक घोषणा भने सम्बन्धित निर्वाचन अधिकृतबाट हुन बाँकी रहेको छ ।