राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २७ पुष, २०८२
२०८२ पुष २७, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने निर्णय ल्याउने बताएका छन् ।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने निर्णय गरेर अघि बढ्ने बताएका हुन् ।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनाउँदा पनि जनतामा विश्वास जगाउन नसकेको स्वीकारे । उनले भने, ‘३४ वर्षमा ३० वटा सरकार बनाउँदा पनि प्रधानमन्त्री बन्नेहरूलाई सन्तुष्टि मिल्यो होला । नागरिकलाई लागेन ।’
आवश्यकताअनुसार नीति परिवर्तन गरेर जनताको असन्तुष्टिलाई छलफल गरेर सङ्कल्प गर्ने उनको भनाइ छ ।