बिहीबार, २८ फाल्गुन, २०८२

ठाकुर गैरेलाई नेकपा (माओवादी)का उमेदवार ठडराईको समर्थन

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ फाल्गुन, २०८२

ठाकुर गैरेलाई नेकपा (माओवादी)का उमेदवार ठडराईको समर्थन

२०८२ फागुन १८, पाल्पा । पाल्पा-२ मा नेकपा (माओवादी)का उमेदवार विष्णु ठडराईले एमालेका उमेदवार ठाकुर गैरेलाई समर्थन गरेका छन् । साेमबार दुई उम्मेदवारका बीचमा भएकाे सहमति अनुसार एमाले उम्मेदवारलाई सघाउने सहमति भएकाे हाे ।

विगत अढाइ दशकदेखि कम्युनिष्ट र माओवादी आन्दाेलनमा सक्रिय रहनुभएका ठडराईले राष्ट्र र राष्ट्रियताकाे रक्षाका लागि एमाले उम्मेद्वार गैरेलाई समर्थन गरेकाे बताए ।

ठडराईले देशहित र राष्ट्रहितका लागि सबैले सूर्य चिन्हमा मतदान गर्नु आवश्यक रहेकाे समेत बताए ।

advertisement_1676998982.gif