राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २३ फाल्गुन, २०८२
२०८२ फागुन २३, दैलेख । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेकपा (एमाले)का उमेदवार लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार, पोखरेलले १३ हजार ८८९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेदवार दिक्पाल शाहीले नौ हजार ५५२ मत प्राप्त गरेका छन् ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का योगेन्द्र शाहीले तीन हजार ८५१ मत प्राप्त गरेका छन् ।