शुक्रबार, २९ फाल्गुन, २०८२

दाङमा एमालेको झन्डा जलाएको विषयमा निर्वाचन आयोगले सोध्यो रास्वपासँग स्पष्टीकरण

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ९ फाल्गुन, २०८२

दाङमा एमालेको झन्डा जलाएको विषयमा निर्वाचन आयोगले सोध्यो रास्वपासँग स्पष्टीकरण

२०८२ फागुन ०९, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई स्पष्टीकरण सोधेको छ । रास्वपाका कार्यकर्ताहरूले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेपछि निर्वाचन आयोगले पार्टी सभापतिका नाममा पत्र पठाउँदै स्पष्टीकरण सोधेको हो ।

कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा पत्रप्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।

झण्डा जलाइएको हो वा होइन, र अध्यक्ष ओलीविरुद्ध असभ्य शब्द प्रयोग गरेर नाराबाजी भएको हो वा होइन भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्‍पष्‍टीकरण मागेको आयोगले जनाएको छ ।

advertisement_1680627680.gif