बिहीबार, २८ फाल्गुन, २०८२

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १२ फाल्गुन, २०८२

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

२०८२ फागुन १२, काठमाडौं । सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको हो ।

उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

advertisement_1772818633.jpg