शुक्रबार, २९ फाल्गुन, २०८२

देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ : पूर्वराजा ज्ञानेन्द्र

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २६ पुष, २०८२

देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ : पूर्वराजा ज्ञानेन्द्र

२०८२ पुष २६, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबार छोडेको एक दशक बितिसक्दापनि राष्ट्रले भोगेको संकट झनै बढेको भनेर चिन्ता व्यक्त गरेका छन् । उनले हिजो देश नबनेकोमा चिन्ता भएपनि अहिले त देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको भनेर चिन्ता व्यक्त गरेका छन् ।

पृथ्वीजयन्तीको अवसरमा आज भिडिओ सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले अब सबै नेपालीले आफ्नो कर्तव्यबोध गरेर पृथ्वीपथमा लाग्नुपर्ने अपिल गरे । उनले राष्ट्रको प्रतिष्ठासँग नेपालीहरुको पनि प्रतिष्ठा जोडिएको हुने स्मरण गराए ।

‘नारायणहिटी राजदरबाट हामी बाहिरिएको करिब २ दशक बित्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुलाएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ पूर्वराजा शाहले भनेका छन् ।

advertisement_1680627706.gif