बिहीबार, २८ फाल्गुन, २०८२

दमकमा भोलेन्टियर फोर्सको प्रदेश भेलामा अध्यक्ष ओलीले सम्बोधन गर्दै

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ९ फाल्गुन, २०८२

दमकमा भोलेन्टियर फोर्सको प्रदेश भेलामा अध्यक्ष ओलीले सम्बोधन गर्दै

२०८२ फागुन ११, काठमाडौं । नेकपा एमालेको नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) को कोशी प्रदेशस्तरीय भेला झापाको दमकमा सोमबार हुने भएकाे छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही भेलालाई सम्बोधन गर्ने र प्रदेशका विभिन्न जिल्लाका फोर्सका कार्यकर्ता समेत सहभागी हुने फोर्सका कोशी प्रदेश आयोजकले जनाएकाे हाे  । करिब ५० हजार युवालाई दमकमा उतार्ने तयारी गरिएको दावी गरिएकाे छ ।

झापा-५ का जनताहरूको पनि उल्लेख्य उपस्थिति हुने सभामा गायक वैकुण्ठ महतको टिमले विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ । दमक ७ स्थित पशु हाटमा हुने साेही सभा साेमबार दिउँसो ११ बजेदेखि शुरु हुने आयोजकले जनाएको हाे ।

साेही सभालाई फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले पनि सम्बोधन गर्नुहुने भएकाे छ ।

advertisement_1676998982.gif