राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ५ माघ, २०८२
२०८२ माघ ४, काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले पदबाट राजीनामा दिएका छन् । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका साम्पाङले आइतबार राजीनामा दिएका हुन् ।
उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् ।
आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ ।
