सोमबार, १२ आश्विन, २०८३

उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने बिषयमा छलफलका लागि रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३० भाद्र, २०८३

उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने बिषयमा छलफलका लागि  रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

२०८३ भदौ ३० काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान ११ बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो ।

यसअघिको सर्वदलीय बैठकले निर्णय गरे तापनि हालसम्म निर्माण हुन नसकेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा केन्द्रित रहेर छलफल गर्न यो बैठकको आयोजना गरिएको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।

advertisement_1680627706.gif