राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २७ पुष, २०८२
२०८२ पुष २७, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच भएको एकीकरण सम्बन्धी सम्झौता भएको छ । आइतबार भएको एकीकरणसम्बन्धि १२ बुँदे सम्झौता भएको हो ।
सम्झौतामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् । एकीकरणपछि दुवै दलले ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेका छन् । जसमा महन्थ ठाकुर पार्टीको संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहेका छन् ।
जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच भएको एकीकरण सम्बन्धी सम्झौता निम्न बमोजिम रहेका छन् ।