शुक्रबार, २९ फाल्गुन, २०८२

विप्लव र मिराज ढुंगानाबीच ४ बुँदे सहमति

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २ माघ, २०८२

विप्लव र मिराज ढुंगानाबीच ४ बुँदे सहमति

२०८२ माघ १, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ र जेन-जी समूहका नेता मिराज ढुंगानाबीच आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ ।

बिहीबार काठमाडौंमा भएको भेटवार्तापछि दुई पक्षले आगामी दिनमा संयुक्त रूपमा आन्दोलन अघि बढाउने गरी ४ बुँदे सहमति गरेका छन् ।

सहमतिअनुसार जेन–जी विद्रोहले उठाएका मागहरू पूरा गर्न संयुक्त रूपमा संघर्ष गर्ने, आन्दोलन तथा जनताको चाहनाअनुसार संविधान संशोधन र स्थिर सरकार गठनका लागि पहल गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्न दबाब दिने तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने विषय समेटिएका छन् ।

यस सहमतिसँगै ढुंगाना नेतृत्वको जेन–जी समूह र चन्द नेतृत्वको माओवादीबीच आन्दोलनमा सहकार्य हुने स्पष्ट भएको छ । यद्यपि, चन्द नेतृत्वको माओवादी आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा सहभागी हुने तयारीसहित अघि बढिरहेको पनि जनाइएको छ ।

राजनीतिक वृत्तमा यो सहमतिलाई आगामी दिनमा हुने आन्दोलन र चुनावी राजनीतिमा प्रभाव पार्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

advertisement_1680627706.gif