राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २८ माघ, २०८२
२०८२ माघ २७, काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनको लागि राष्ट्रिय मुक्ति पार्टी, नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजेन्द्र महताे नेतृत्वकाे राष्ट्रिय मुक्ति पार्टीले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो ।
पार्टीका अध्यक्ष राजेन्द्र महतोले घोषणापत्र सार्वजनिक गर्दै 'स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान' भन्ने मूल नारासहित आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् ।
कार्यक्रममा अध्यक्ष राजेन्द्र महतो, वरिष्ठ उपाध्यक्ष कमला गुरुङ, महासचिवद्वय केशव झा, अनिल महासेठ, सचिव शेर बहादुर शाह, नेताहरू बलराम वाग्ले, शिवेस बज्राचार्य, अनुप बुढामगर, इन्द्र श्रेष्ठ, गमन फडेरा, सुभासिनी श्रेष्ठ, विकास घिमिरे, कृष्ण रावत, इन्दिरा थापा, नर्वदा भट्टराईलगायत उपस्थित थिए ।
घोषणापत्रका यस्तो छ केहि मुख्य बुँदाहरू