शनिबार, ३२ जेष्ठ, २०८२

अफताव आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मसि प्रहार, कालो मसी छ्याप्ने ३ जना प्रहरी नियन्त्रणमा

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३० जेष्ठ, २०८२

अफताव आलमलाई  सफाइ दिने न्यायाधीशमाथि कालो मसि प्रहार,  कालो मसी छ्याप्ने ३ जना प्रहरी नियन्त्रणमा

२९ जेठ २०८२, काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीसमाथि मोसो प्रहार भएको छ । आज नेकपा (बहुमत) का कार्यकर्ताले न्यायाधीश खुसीप्रसाद थारुमाथि उनकै कार्यकक्षमा पुगेर मोसो प्रहार गरेका हुन ।

नेकपा बहुमत (धर्मेन्द्र बास्तोला) नेतृत्वका कार्यकर्ताले बिहीबार न्यायाधीश थारूमाथि इजलासमै मसी छ्यापेका हुन् । न्यायाधीशलाई कालो मसी छ्याप्ने ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, एसपी गौतम मिश्रले जानकारी दिए । पक्राउ पर्नेमा गमु महतो, पदमबहादुर मगर र अभिनाष भन्ने किशोर कुम्हाल रहेका छन् ।

न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले जेठ १४  गते आलमलाई सफाइ दिने निर्णय गरेको थियो । २०६४ सालको निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विस्फोटको घटनामा घाइते भएकालाई इँटा भट्टामा हालेर जलाएको आरोपमा आलम पक्राउ परेका थिए । 

जिल्ला अदालत रौतहटको आदेशले पुर्पक्षका लागि कारागारमा रहेका आलमलाई उच्च अदालतले सफाइ दिएको थियो । सफाइ दिएलगत्तै रिहा भएका आलम मष्तिष्कघात भएर अस्पताल भर्ना भएका थिए । आलमलाई सफाइ दिने न्यायाधीश थारू र महर्जन विवादमा परेका थिए । उनीहरूविरुद्ध न्याय परिषद्‌मा उजुरी समेत परेको छ ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif