आईतवार, १४ भाद्र, २०८३

कृष्णभीरमा सडक भासियो : मुग्लिङ–काठमाडौँ सडकखण्ड अवरुद्ध

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

कृष्णभीरमा सडक भासियो : मुग्लिङ–काठमाडौँ सडकखण्ड  अवरुद्ध

२०८३ भदौ १४ काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षा र बाढीका कारण सडकको कृष्णभीरमा सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको हो ।

त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको बताइएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ । आज बिहान केही बेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो ।

सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने र मुग्लिङ हुँदै काठमाडौँ भित्रिने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् । 

advertisement_1680627680.gif