बुधबार, १० बैशाख, २०८२ 6:48:05 AM

पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३० चैत्र, २०८१

पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ

 ३१ चैत २०८१, रौतहट । रौतहट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मीपुर बेलविछवा नाका नजिकमा रहेको जयसवाल होटेलबाट सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो ।

होटल बाहिर मदिरा सेवन गरेर हो हल्ला एवं झै झगडा गरिरहेको प्राप्त सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारत विहार राज्य सीतामढी जिल्ला नन्दवाराका २३ बर्षीय किशनकुमारलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी सन्तोष बस्नेतका अनुसार उनको साथबाट पेस्तोल एक थान, लागुऔषध कोरेक्स ३ बोटल, नाईट्रोभेट ५ ट्याब्लेट, मोवाइल १ थान बरामद गरिएको छ । अबैध हतियार, लागुऔषध सहितपक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको उनले बताए ।

नेपाल–भारत सीमा क्षेत्रबाट अबैध हतियार, लागुऔषधको कारोबार हुने गरेको सूचनाका अधारमा निगरानी बढाएको रौतहट सशस्त्र प्रहरीले जनाएको छ ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif