आईतवार, १० श्रावण, २०८३

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका २ जनाको शव फेला

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका २ जनाको शव फेला

२०८३ साउन १०, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरममा पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आइतबार फेला परेको छ ।

शनिबार दिउँसो दवाङ लेकमार्गमा गाईबाख्रा चराउन गएका बेला पहिरोमा पुरिएर ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया अमरा घर्तीमगर बेपत्ता भएका थिए ।

खोजी कार्यका क्रममा आज उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृतक दुवैको शव परीक्षणका लागि रोल्पा अस्पताल लगिएको छ ।

सोही पहिरोमा परी घाइते भएका ६० वर्षीय कुले घर्तीमगरको शरीरका विभिन्न भागमा चोट लागेको छ र उनको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

advertisement_1680627706.gif