मंगलवार, ८ बैशाख, २०८३

उदयपुरको बेल्टारमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

उदयपुरको बेल्टारमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु

२०८३ बैशाख ०८, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।

गएराति २ः४५ बजेबाट सुरु भएको आगलागीमा परि स्थानीय ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

लक्ष्मीनारायणको घरबाट आगो सल्किएको थियो । आगोले लक्ष्मीनारायणसहित रबिनकुमार दास र सकलदेवको घर पनि जलेको प्रहरीले जनाएको छ ।

त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा आज बिहान आगो निभाइएको छ । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676553908.gif