राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १५ असार, २०८०
बिराटनगर। कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी मुख्यमन्त्री हिक्मतले राखेको प्रस्ताव फेल भएको छ । बिश्वासको मत नपाए पछि कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ ।कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए ।
विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै मुख्यमन्त्री कार्की बाहिरिएका छन् । प्रदेशसभामा ८९ सांसद उपस्थित छन् ।
कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाले । विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हालेका छन् । गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।