बिहीबार, १३ चैत्र, २०८१

कोसीको मुख्यमन्त्रीमा इन्द्र आङ्बो र केदार कार्की गरि दुइ जनाको दाबी पेश।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २५ आश्विन, २०८०

कोसीको मुख्यमन्त्रीमा इन्द्र आङ्बो र केदार कार्की  गरि दुइ जनाको दाबी पेश।

बिराटनगर। इन्द्रबहादुर आङ्बो र केदार कार्कीको  दाबीका कारण कोशी प्रदेशको राजनीतिक अवस्था खासगरी मुख्यमन्त्री नियुक्तिलाई लिएर जटिल बन्दै गएको छ । विभिन्न राजनीतिक दल सम्मिलित काठमाडौंको गठबन्धनले सुरुमा आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर, नेपाली कांग्रेस र सबै भन्दा ठुलो दल एमालेको  समर्थनमा कार्कीले पनि पद दाबी गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को दफा ५ बमोजिम नयाँ सरकार गठनको समयसीमा दिएका छन् ।आङ्बो र कार्की दुवैले आ–आफ्नो तर्फबाट उल्लेख्य संख्यामा समर्थकसहित मुख्यमन्त्रीको कार्यालयमा दाबी पेश गरेका छन् । 

 

यसअघि एमालेसँग गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुंगो लाग्न बाँकी छ र अवस्था अनिश्चित छ ।

 

कांग्रेसको कोइराला  समूहले आङ्बोलाई स्वीकार नगरेपछि कोसीमा गठबन्धनको सरकार बन्ने सम्भावना लगभग सकिएको आंकलन गरिएको छ। कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ। गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य छन्। प्रदेशसभामा एमालेका उपसभामुखबाहेक ३९ र हालसम्म एमालेसँगै गठबन्धनमा रहेको राप्रपासँग ६ जना प्रदेशसभा सदस्य छन्। 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif