बिहीबार, १३ चैत्र, २०८१

कोसी प्रदेशमा विषयगत समिति गठन।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २२ कार्तिक, २०८०

कोसी प्रदेशमा  विषयगत समिति गठन।

विराटनगर। कोशी प्रदेशसभाले लामो समयपछि विभिन्न विषयगत समिति गठन गरेको  छ । आजको प्रदेशसभा बैठकमा उपसभामुख श्रीजन दनुवारले लामो प्रक्रियापछि यी समितिका लागि छानिएका सदस्यको नाम घोषणा गरेका हुन् ।

न्याय प्रशासन तथा विधायन समितिमा १२ सदस्य मनोनीत भएका छन् भने सुशासन तथा योजना समितिमा १५ सदस्य रहनेछन् । त्यसैगरी अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन तथा वातावरण समितिका साथै प्राकृतिक श्रोत तथा पूर्वाधार समितिमा १३/१३ जना सदस्य नियुक्त गरिएको छ ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif