राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १० आश्विन, २०८१
विराटनगर,असोज १० । कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ । बस बिहिबार साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको बसबाट २० जनाको उद्दार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे बसबाट २० जनालाई उद्दार गरेर उपचारका लागि पठाइएकाे जानकारी दिए ।
विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलकाे ३५ नम्बर ढोकाबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बस साझ ६ बजे चिप्लिएर नदीमा खसेकाे बसमा कति यात्रु सवार थिए भन्ने खुल्न नसेको बताइएको छ । नदीमा खसेकाे बस निकाल्ने प्रयास भइरहेकाे एसपी रेग्मीले बताए ।