राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २१ कार्तिक, २०८१
बिराटनगर, कार्तिक २१ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । उनले पदीय मर्यादाविपरीत मुख्यमन्त्रीलाई समेत जानकारी नदिइ जापान भ्रमणमा गएपछि विवादमा तानिएका थिए ।
मुख्यमन्त्रीले हिम्मत कार्कीले पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै अधिकारीलाई राजीनामा सुझाव दिएपछि उनले बुधबार राजीनामा पत्र बुझाएका हुन् । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर, मन्त्री अधिकारी कसैलाई थाहै नदिइ कार्यक्रममा भाग लिन गत कात्तिक १३ मा सुटुक्क जापान गएका थिए ।
उनी टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा सहभागी भएको बताइएको छ ।तर उनले भने आफू निजी भ्रमणमा गएको बताएका छन् ।