बिहीबार, १३ चैत्र, २०८१

कोशी प्रदेश सभामा आजदेखि बजेट अधिवेशन सुरु।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ जेष्ठ, २०८०

कोशी प्रदेश सभामा आजदेखि बजेट अधिवेशन सुरु।

बिराटनगर। कोशी प्रदेश सभामा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ ।कोशी प्रदेश नामाकरण भएपछी पहिलो पटक प्रदेश सभा हुन् लागेको हो।  दिउँसो २ बजेका लागि प्रदेशसभा आह्वान भएसँगै पहिचान पक्षधरले आज प्रदेशसभा केन्द्रीत प्रदर्शन गर्ने प्रयास गरिरहेका छन् ।निषेधित क्षेत्र तोडेर पहिचान पक्षधरहरुले प्रदर्शन गर्न खोजेपछि प्रहरीले ३० जना भन्दा बढीलाई नियन्त्रणमा लिएको बताइएको छ ।
कोशी प्रदेशको नाम पहिचानका आधारमा पुनः संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेकालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको बताइएको छ। 

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif