बिहीबार, १३ चैत्र, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बिश्वासको मत लिदै।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १४ असार, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज  बिश्वासको मत लिदै।

बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज  बिश्वासको मत लिदै छन्। आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यक्रम रहेको बताइएको छ। 

 विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई समेत लिखित पत्र पठाएका छन्  ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले  आज दिउँसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

प्रदेशसभाको अहिलेको अंकगणितअनुसार एमालेका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने अवस्था छैन । ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ जना प्रदेश सांसदको मात्रै उनलाई समर्थन छ। प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ प्रदेश सांसद छन् ।

अहिलेको अवस्थामा मुख्यमन्त्री कार्कीलाई प्रदेशसभामा बहुमत पुर्‍याउन एक जना प्रदेश सांसद अपुग देखिए पनि विश्वासको मतका लागि दुई जना प्रदेश सांसद आवश्यक पर्ने देखिन्छ। 

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif