बिहीबार, १३ चैत्र, २०८१

कोशी प्रदेशका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २६ माघ, २०८०

कोशी प्रदेशका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ।

विराटनगर। कोशी प्रदेशका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार नियुक्त भएका चार जना मन्त्री र दुई राज्यमन्त्रीलाइ शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेपाली कांग्रेसका दुई तथा नेकपामाओवादी केन्द्रका दुई सांसद मन्त्री बने।यसैगरी, कांग्रेसका दुई सांसद राज्यमन्त्री बनेका छन् । 

माओवादीका उदयपुरकानारायण बुर्जा मगर खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीका रूपमा शपथ लिए भने संखुवासभाका राजेन्द्र कार्की सामाजिक विकास मन्त्रालयको जिम्मा पाए। कांग्रेसका रामकुमार खत्रीउद्योग, कृषि तथा सहकारी र सुनुवार स्वास्थ्यमन्त्री बने।

कांग्रेसकी इन्दिरा थापाले भने आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीका रूपमा नियुक्त भएकी छन्।आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री केदार कार्की स्वयमले लिए। यसैगरी, कांग्रेसकै गुरुङ आन्तरिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन्।यससँगै कार्की नेतृत्वको १० सदस्यीय मन्त्रीमण्डल बनेको छ।

नेकपा एमालेको सहयोगमा गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले अहिले सम्म सरकार बिस्तार गर्न सकेका थिएनन् ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif