राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १२ फाल्गुन, २०७९
पाँचथर । पाँचथर जिल्लाको हिलियाङ–७ मा आगलागीमा परेर दुई जना बालकको मृत्यु भएको छ। हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्थाकको घरमा शुक्रबार दिँउसो २ बजे भएको आगलागीमा उनीहरुको ज्यान गएको हो ।
घरका अभिभावक ठुलाबडाहरू घर बाहिर रहेका बेला आगलागी हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।आगलागीमा परेर ५ वर्षीय सेसेयाङ सन्दक र ४ वर्षीय निशान खातीको मृत्यु भएको छ।
दिउँसो साढे ४ बजेतिर घरमा आगलागी भएको आगलागीको कारण भने खुल्न सकेको छैन । आगोले घर जलेर पूर्ण रुपमा क्षति भएको छ । उनीहरुको शव घरको माथिल्लो तलामा जलेर चिन्नै नसक्ने अवस्थामा भेटिएको वडाध्यक्ष धनकुमार लिम्बूले बताए ।