राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २४ पुष, २०८०
बिराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट कोशी प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आज सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलको समर्थनमा राप्रपाका विष्ट सभामुखमा निर्वाचित भएका हुन् ।
प्रदेशसभामा आज भएको निर्वाचनमा अरूको उम्मेदवारी नपरेको भन्दै उपसभामुख सिर्जना दनुवारले विष्टलाई निर्वाचित घोषणा गरेकी थिईन। विष्टको प्रस्तावकमा भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ रहेका थिए ।
अब,विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने बताइएको छ। विष्ट गत निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभामा निर्वाचित भएका थिए ।