राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २२ बैशाख, २०८०
सङ्खुवासभा। सङ्खुवासभामा हेलिकप्टर दुर्घटना भएको छ । भोटखोला गाउँपालिका–३ मा सामान बोकेको सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा भएको हो ।
अपर अरुण जलविद्युत् आयोजनाको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान बोकेको हेलिकप्टर आज शुक्रवार दिउँसो १ बजेर १० मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको र अहिले प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
घटनाको थप विवरण आउँन बाँकी छ ।